३१ क्षेत्रमा रास्वपाको अग्रता

३१ क्षेत्रमा रास्वपाको अग्रता

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुक्रबार, फागुन २२, २०८२

काठमाडौं । देशका विभिन्न निर्वाचन क्षेत्रमा मतगणना जारी छ । शुक्रबार (फागुन २२) बिहान ८ बजेसम्मको तथ्यांकमा ३१ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवारले अग्रता बनाएका छन् । बिहीबार (फागुन २१) भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको हो ।

१६५ प्रतिनिधि सभा सदस्यका निम्ति भएको निर्वाचनमा अधिकांश क्षेत्रमा रास्वपाका उमेदवार अगाडि छन् । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसका उमेदवारले चार क्षेत्रमा अग्रता बनाएका छन् ।

नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले एक रएक क्षेत्रमा अग्रता बनाएका छन् । यति बेलासम्म कुनै पनि क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको छैन ।