शनिबार, फागुन २३, २०८२
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुर क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार राजीव खत्री विजयी भएका छन् । नेकपा (एमाले)का सचिव महेश बस्नेतलाई ३१ हजार ३३८ मतान्तरले हराउँदै उनी सांसद निर्वाचित भएका हुन् ।
शनिबार (फागुन २३)दिउँसो सम्पन्न मतगणना अनुसार खत्रीले ४२ हजार ३३४ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी बस्नेतले १० हजार ९९६ मत प्राप्त गरे ।
तेस्रो स्थानमाा रहेका नेपाली कांग्रेसका उमेदवार कविर राणाले आठ हजार ४०१ मत ल्याए । नेमकिपाका रमेश वैद्यले तीन हजार ७५६ मत पाए ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का रामप्रसाद सापकोटाले एक हजार ३२३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार विक्रम थापाले एक हजार २२४ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया