सोमबार, वैशाख ८, २०८२
विराटनगर । आइतबार विराटनगरमा आयोजित एक कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निरंकुशता कायम गर्ने उद्देश्यले गरिने कुनै पनि क्रियाकलापलाई आन्दोलन नभई अपराधको रूपमा लिनुपर्ने बताएका छन्।
उनले भने ,“संविधानको समीक्षा गर्दा पछाडि फर्किनका लागि नभइ अगाडि बढ्न हो”। र संविधान जारी गर्दा दलहरूबीच दश वर्षपछि समिक्षा गर्ने सहमति भएको हुँदा अब त्यो समय आएको रजनताले प्राप्त गरेका उपलब्धिहरू खोस्नका लागि नभई ती उपलब्धिहरू थप बलियो बनाउन, विस्तार गर्न र परिमार्जन गर्नका लागि समीक्षा गरिन्छ, उनले भने।
शनिबार सम्पन्न तीन दलबीचको छलफलमा उनले आफूले आन्दोलनको परिभाषा निर्धारण गर्नु पनि आवश्यक रहेको पनि बताए।
तीन दलको बैठकमा मैले भनेको थिएँ– आन्दोलन भन्नाले के बुझ्ने ? विद्रोह के हो? के हो र के होइन भन्नेमा स्पष्ट परिभाषा आवश्यक छ, उनले भने एउटा साझा व्याख्या आवश्यक छ।
कसैले लोकतन्त्र, गणतन्त्र, र इमान्दारिताका साथ अघि बढ्ने प्रयत्न गर्दा त्यस्ता आन्दोलनलाई संरक्षण गर्नुपर्ने प्रचण्डको भनाइ थियो।
यदि कसैले लोकतन्त्रको विरोधमा, निरंकुशता र तानाशाहीका पक्षमा आवाज उठाउँछ भने त्यो आन्दोलन कहलिन सक्दैन। त्यो अपराध हो, समाजविरूद्धको गतिविधि हो, उनले भने।
त्यस्तै, नेतातन्त्र भन्ने शब्द प्रयोग गरेर तीन जना नेताहरूलाई लक्षित गर्दै लोकतन्त्र, प्रणाली र संविधानप्रति नै आक्रोश पोखिने प्रयास भइरहेको देखिन्छ। उनको भनाइ थियो।ुनेतातन्त्र भन्ने कुनै व्यवस्था हुँदैन। नेताहरूमा कमजोरी हुन सक्छ, उनले भने,उनीहरूको आलोचना गर्न सकिन्छ। तर, नेताबिनाको लोकतन्त्र सम्भव छैन। नेतातन्त्र भन्ने शब्दावली लोकतन्त्रको उपहास हो।
गणतन्त्र पक्षधरहरू मिल्नुपर्ने आवाज उठिरहे पनि व्यवहारमा त्यो सम्भव हुन नसकेको उनको टिप्पणी छ।
हामी गणतन्त्रवादीहरू मिलेर शान्ति सम्झौता गरेका थियौं, संविधानसभा गठन र गणतन्त्र स्थापनामा सँगै लागेका थियौं। तर, आजको दिनमा हामी किन एक ठाउँमा उभिन सकेनौं भन्ने विषयमा गम्भीर बहस आवश्यक छ, उनले भने,मैले पनि अनेकौं पहलहरू गरेको हुँ, तर हामीबीच एकता कायम हुन सकेन। यसले कतै न कतै समस्या रहेको स्पष्ट हुन्छ।
प्रचण्डले गणतन्त्र पक्षधरहरूले आत्मसमीक्षा गरे मात्रै एकता सम्भव हुने बताए।
कहाँ गल्ती भयोरु जनताको भावना र आवश्यकता सम्बोधनमा, विकासको दृष्टिकोणमा हाम्रो त्रुटि के रह्यो? त्यो आत्मसमीक्षा गरेपछि मात्र हामीबीचको एकता सार्थक र परिणाममुखी बन्न सक्छ, उनले भने।
पार्टीहरूमा केही न केही रोग रहेको प्रचण्डको दाबी छ।
माओवादीले एमालेलाई, एमालेले कांग्रेसलाई दोष दिन सक्छन्। तर सबै पार्टीहरू अलिकति रोगी छन्, उनले भने, पहिलेको जस्तो ताजगी छैन, आन्दोलनकालको जस्तो जनसंगठन छैन। त्यसैले उपचार आवश्यक छ।
प्रतिक्रिया