दुई घण्टा लामो नेपथ्य कन्सर्ट सकिएपछि बोल्डर थिएटरका अमेरिकी साउन्ड इन्जिनियर रोब कर्ट्सको प्रतिक्रिया थियो कलाकार र श्रोताबीच आपसी माया र सद्भावको अतुलनीय अनुभव। कोलोराडो राज्यकै ऐतिहासिक धरोहर मध्येमा पर्ने झण्डै सवा एकसय वर्ष पुरानो ‘बोल्डर थिएटर’ मा तीन दशकदेखि सेवारत रोब भन्दै थिए, ‘मञ्चबाट आएको कलाकारको अवाजभन्दा दर्शकहरूको सामुहिक गायन चर्को हुँदा, ध्वनि व्यवस्थापन…