१४ कार्तिक २०८३,
गाेरखा । बाढीपछि गोरखाको जगतस्थित बुढीगण्डकी नदीले घेरिएको जमिनमा १४ दिनदेखि फसेकी साहसी कुकुर सेतीको सकुशल उद्धार गरिएको छ।
कठिन परिस्थितिका बाबजुद उद्धार टोलीले कायक (सानो डुङ्गा) को सहायताले सेतीसम्म पुगेर सुरक्षित स्थानमा ल्याएको हो। सेतीको उद्धारपछि उनलाई पछ्याइरहेका सबैले राहत महसुस गरेका छन्।
IG Gorkha, Animal Nepal, Pawdyssey Nepal, Royal Beach Camp, JCI Gorkha लगायतकाहरुले उद्धार कार्यमा संलग्न भएका थिए ।
प्रतिक्रिया