बुधबार, कात्तिक १८, २०८३
काठमाडौँ । नेपाली कांग्रेसले शीर्ष नेताहरूको बैठक आह्वान गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरमा बैठक बस्न लागेको पार्टीका महामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।
उनका अनुसार बैठकमा पदाधिकारी तथा संगठनसम्बन्धी विषयसँगै समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुनेछ ।
“पदाधिकारीको बैठक हो । पदाधिकारी, संगठनसम्बन्धी छलफल र समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो,” पौडेलले भने ।
प्रतिक्रिया