साेमबार,५ जेठ २०८२ काठमाडौं । संसदीय उपसमितिले शिक्षा विधेयकमाथि दफाबार छलफल सकेर प्रतिवेदन बुझाएपछि नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदी भन्नुहुन्छ, अब दह्रो लडाइँ लड्नुको विकल्प छैन। आवधिक बढुवाको प्रबन्ध पनि चन्द्रमामा दिएको घडेरी जस्तै हुने भयो । उहाँको भनाइ छ, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्तर्गत गठित उपसमितिले पेश गरेको प्रतिवेदन थुप्रै…