शनिबार , फागुन २३, २०८२
काठमाडौं । चितवन–३ मा रास्वपाकी सोविता गौतम विजयी भएकी छिन् ।
उनी ५९ हजार २७७ मत प्राप्त गर्दै विजयी बनेकी हुन् ।
उनकी निकटतम प्रतिस्पर्धी रेनु दाहालले २० हजार ६१५ मत प्राप्त गरिन् ।
सोविता र रेनुबीच ३८ हजार ६६२ को मतान्तर छ ।
यसैगरी, नेपाली कांग्रेसका टेकप्रसाद गुरुङले आठ हजार ३४४, नेकपा एमालेका शंकर थपलियाले पाँच हजार ४ मत प्राप्त गरे ।
यसअघि यो क्षेत्रबाट चुनाव जितेको राप्रपाले एक हजार २२६ मत ल्याएको छ । यहाँ राप्रपाका दीपक थापा उमेदवार थिए ।
यो क्षेत्रमा कांग्रेस, एमालेलगायतका २१ जना उमेदवारको जमानत जफत भएको छ ।
यहाँ एक लाख ५३ मत खसेको थियो । जमानत जफत हुनबाट बच्न उमेदवारले खसेको मतमा १० प्रतिशत मत प्राप्त गर्नुपर्ने कानुनी व्यवस्था छ ।
प्रतिक्रिया