सुदूरपश्चिमबाट कांग्रेसको को–को भए केन्द्रीय सदस्य?

सुदूरपश्चिमबाट कांग्रेसको को–को भए केन्द्रीय सदस्य?

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुधबार, असोज २८, २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको कांग्रेसको केन्द्रीय कार्यालयमा भएको मतगणनामा सुदूरपश्चिम भूगोलको मतगणना सकिएको छ ।

सुदूरपश्चिम भूगोलबाट महिला सदस्यमा अम्बिका चलाउने निर्वाचित भएकी छन् ।

प्रदेशबाट खुला केन्द्रीय सदस्यहरूको पनि टुंगो लागेको छ । केन्द्रीय सदस्य खुलाको अन्तिम मतपरिणामअनुसार, तीन सदस्यका लागि भएको निर्वाचनमा जनक चटौत, दिवान सिं विष्ट र बहादुर सिं थापा विजयी भएका छन् ।

थापा र विष्ट सुदूरपश्चिम प्रदेश सभा सदस्य हुन । थापा पूर्वअर्थमन्त्रीसमेत हुन् । चटौत डडेलधुराका हुन् । सुदूरपश्चिमबाट खुलाको तीन सदस्यका लागि १३ जनाले उमेदवारी दिएका थिए ।

सुदूरपश्चिमबाट ३५ वर्षमुनिको केन्द्रीय सदस्य महिलामा रिता शाही निर्वाचित भएकी छन् । ३५ वर्षमुनिको खुला एक सदस्यमा भुवनराज भट्ट निर्विचत भए ।