सोमबार, असोज १९, २०८३
काठमाडौं । सोमबार मन्त्रिपरिषद्को बैठक पछि सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्रीबाट तुच्छ टिप्पणी नभएको बताएका छन् ।
सोमबार मन्त्रिपरिषद्को बैठक सकिएपछि निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारले ‘प्रधानमन्त्रीले तुच्छ टिप्पणी गर्न मिल्छ? भनि सोधेको प्रश्नको जवाफ दिँदै उनले भने, “तुच्छ टिप्पणी भा’छैन त्यस्तो । त्यो त उहाँले महानगरपालिकामा हुँदाखेरी त्यो बनाएको थियो, त्यसकै बारेमा कुरा गर्नुभएको हो ।”
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आइतबार नेपाली कांग्रेसले खुलामञ्चमा गरेको १५औँ महाधिवेशनको उद्घाटन कार्यक्रमलाई लक्षित गर्दै फेसबुक पेजमा स्टाटस लेखेको विषयको उनले बचाउ गरेका हुन् ।
आइतबार प्रधानमन्त्री शाहले आफ्नो फेसबुक पेजमा लेखेका थिए, “धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् । ”
प्रधानमन्त्रीको यो स्टाटसलाई धेरैले ‘तुच्छ टिप्पणी’ भनि आलोचना गरेका थिए ।
प्रतिक्रिया