बुधबार, असोज २८, २०८३
काठमाडौं । संसदीय सुनुवाई समितिमा रहेकी नेकपा एमालेकी सांसद पद्मा अर्यालले साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारमाथि महिला हिंसालाई लिएर प्रश्न गरेकी छन् ।
बुधबार संसदीय सुनुवाइ समितिमा भएको सुनुवाइका क्रममा अर्यालले यस्तो प्रश्न गरेकी हुन् ।
“तपाईंले तपोवनमा प्रेम सम्बन्धमा रहेको स्वीकार गर्नुभएको छ । प्रेम सम्बन्धमा हुँदा घरमा श्रीमती हुनुहुन्थ्यो ? उजुरी अनुसार हुनुहुन्थ्यो, सांसद अर्यालले प्रश्न गरिन्, श्रीमती घरमा हुँदा परस्त्रीसँगको प्रेम सम्बन्ध महिला हिंसा होइन ?”
सुनुवाइका क्रममा सांसद अर्यालले सुनारलाई राजदूत बनाउन नमिल्ने तर्क गरिन् ।
उनको भनाइ थियो, “निवेदनको आधारमा भन्दा– तपाईं जस्तो मान्छे राजदूत कसरी बन्न सक्छ ? निर्देशिकाले पनि दिँदैन । १२ जनाको सुनुवाइ गर्यौँ । यस्तो ढंगले कुरा किन उठेनन् । तपाईंमाथि नियत राखे कि चुक्नुभयो ?”
प्रतिक्रिया