बुधबार, वैशाख ९, २०८३
काठमाडौं । गृहमन्त्री पदबाट सुधन गुरुङले बुधबार, वैशाख ९, २०८३ देखि लागू हुने गरी पदबाट राजीनामा दिएका छन्।
उनले फेसबुक स्टाटसमार्फत राजीनामाको घोषणा गर्दै आफ्नै विषयमा निष्पक्ष छानबिन होस् र कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नदेखियोस् भन्ने उद्देश्य उल्लेख गरेका छन्।
उनले पदभन्दा ठूलो नैतिकता र जनविश्वासभन्दा ठूलो शक्ति नहुने बताएका छन्।
जेनजी आन्दोलनले सुशासन, पारदर्शिता, जवाफदेहिता र स्वच्छ सार्वजनिक जीवनको सन्देश दिएको भन्दै आफूले नैतिक जिम्मेवारी निर्वाह गरेको बताएका छन्।
आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले पनि यही सन्देश दिएको छ, उनले लेखेका छन्, सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ । मेरा ४६ जना भाइ बहिनीहरूको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो ।
आफूले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको उनले उल्लेख गरेका छन् ।
प्रतिक्रिया