प्रधानमन्त्री बालेन सडकमार्ग हुँदै पोखरा -मुस्ताङतर्फ प्रस्थान

प्रधानमन्त्री बालेन सडकमार्ग हुँदै पोखरा -मुस्ताङतर्फ प्रस्थान

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

५ भदौ, २०८३
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह सडक मार्ग हुँदै पोखरातर्फ प्रस्थान गरेका छन् । उनी पोखरा हुँदै मुस्ताङसम्म पुग्ने कार्यक्रम छ ।

उनी सवार गाडी आज बिहान धादिङको पृथ्वी राजमार्ग खण्डमा केहीबेर रोकिएको थियो । त्यहाँबाट उनी पुनस् पोखरातर्फ प्रस्थान गरेको धादिङ सुरक्षा स्रोतले बतायो ।

प्रधानमन्त्रीको यात्राको गन्तव्यबारे भने धादिङ प्रहरीले अनभिज्ञता प्रकट गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका एक अधिकृतले प्रधानमन्त्रीसहितको टोली केहीबेर पृृथ्वी राजमार्ग अन्तर्गत धादिङ खण्डमा रोकिएको तर थप केही थाहा नभएको बताए ।