होस्टेलमा धारिलो हतियार प्रहारबाट युवकको मृत्यु, एकजना पक्राउ

होस्टेलमा धारिलो हतियार प्रहारबाट युवकको मृत्यु, एकजना पक्राउ

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

शुक्रबार, भदौ ५, २०८३

काठमाडौं । काठमाडौं महानगरपालिका–१०, शंखमूलस्थित होस्टेलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका–१७ घर भई होस्टेलमा बस्दै आएका २२ वर्षीय बसन्त कालाथोकी छन् । घटनामा गम्भीर घाइते भएका कालाथोकीलाई उपचारका लागि मीनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो । उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, कालाथोकीमाथि सोही होस्टलमा बस्ने बाराको कलैया–३ घर भएका १८ वर्षीय शेखर यादव र अन्दाजी २० वर्षीय प्रमित पटेलले कुटपिट तथा धारिलो हतियार प्रहार गरेका थिए ।

घटनामा संलग्न शेखरलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ । फरार रहेका प्रमितको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।