रसुवा भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ९०० नाघ्यो, ४२ सय ४७ जना सम्पर्कविहीन

रसुवा भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ९०० नाघ्यो, ४२ सय ४७ जना सम्पर्कविहीन

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोमबार, भदौ १५, २०८३

काठमाडौं । आज बिहान ९ बजेसम्म चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाउने ९०३ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

धेरै जसो शव चितवनमा भेटिएको छ । रसुवामा २४, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६२, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा २०७, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा १५१, तनहुँमा ३७ र चितवनमा २७२ (विभिन्न मानव अंगसहित) शव फेला परेको प्राधिकरणले जनाएको छ ।

उक्त बाढीपश्चात् अझै चार हजार २४७ जना सम्पर्कविहीन छन् । सम्पर्कविहीन हुनेमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, विभिन्न जलविद्युत् आयोजना, भन्सार कार्यालयका कर्मचारीलगायत छन् ।

सम्पर्कविहीन हुनेमा विदेशी नागरिक ५९२ जना छन् । विदेशी पर्यटकसँगै घुम्न गएका नेपाली नागरिक १२७ जना पनि सम्पर्कविहीन रहेका प्राधिकरणले जनाएको छ ।

 

बाढी प्रभावित क्षेत्रबाट हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको छ । हालसम्म घाइतेको संख्या २६७ पुगेकोछ । उनीहरूमध्ये १६५ जना उपचारपश्चात् ‘डिस्चार्ज’ भइसकेका प्राधिकरणले जनाएको छ ।

उद्धार, राहतका निम्ति २० हजारभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ । यही भदौ १० गते बिहान उक्त बाढी आएको थियो । बाढीबाट रसुवा, नुवाकोटलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।