गोसाइँकुण्डका वडाध्यक्षसहित चार जनप्रतिनिधि सम्पर्कविहीन

गोसाइँकुण्डका वडाध्यक्षसहित चार जनप्रतिनिधि सम्पर्कविहीन

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

सोमबार, भदौ १५, २०८३

काठमाडौं । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ का वडाध्यक्षसहित चार जनप्रतिनिधि सम्पर्कविहीन भएका छन् ।

गाउँ कार्यपालिका सदस्य पेमा दोर्जे घलेका अनुसार, वडाध्यक्ष कामी छिरिङ तामाङ, वडा सदस्य कामी सेदार घले, वडा सदस्य सोनाम छिरिङ घले र दलित महिला वडा सदस्य लक्ष्मी परियार सम्पर्कविहीन भएका हुन् ।

भोटेकोसी–त्रिशूली नदीमा आएको बाढीपछि उनीहरू सम्पर्कविहीन भएको उनले बताए ।

यसैबीच, गोसाइँकुण्ड गाउँपालिकाका करिब १६० बाढीपीडितलाई उद्धार गरी काठमाडौंको सानोभर्‍याङस्थित येल्लो गुम्बामा राखिएको घलेले बताए ।

बाढीपीडितहरू तत्काल उद्धार र राहत पाए पनि दीर्घकालीन व्यवस्थापनको चिन्तामा रहेको उनले बताए ।

कार्यपालिका सदस्य घलेले भने, “हामी अहिले राहत र उद्धारमा छौँ तर पछि के गर्ने भन्ने चिन्ताले पिरोलिएका छौँ ।”