त्रिविमा आज रजिस्ट्रार र रेक्टर नियुक्त हुँदै

त्रिविमा आज रजिस्ट्रार र रेक्टर नियुक्त हुँदै

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भदौ १६, २०८३
काठमाडौँ । नेपाल सरकारले आज त्रिभुवन विश्वविद्यालयमा रजिस्ट्रार र रेक्टर नियुक्ति गर्दै छ।

त्रिविको रजिस्ट्रारमा सह-प्राध्यापक (एसोसिएट प्रोफेसर) डाक्टर रवीन्द्र शिवकोटी र रेक्टरमा प्राध्यापक डाक्टर अन्जना सिंहलाई आज नियुक्ति दिन लागिएको हो।

‘दिउँसो ३ बजेतिर उहाँहरूको नियुक्ति र शपथ हुन्छ’, स्रोतले भन्यो, ‘हामीले समावेशितालाई ध्यान दिएर रेक्टरमा महिला ल्याएका हौँ।’

त्रिभुवन विश्वविद्यालयको शिक्षा शास्त्र संकायका स्थापित प्राध्यापक र अनुसन्धानकर्ता शिवाकोटी हाल ग्य्राजुएट स्कुल अफ एजुकेसन ९जीएसई० को निर्देशक छन्। समावेशी शिक्षा, अपांगता र शिक्षा नीतिका क्षेत्रमा उनको विशेष योगदान छ।

उनले दक्षिण कोरियाको छाङ्वोन नेसनल युनिभर्सिटीबाट विशेषरसमावेशी शिक्षा कानुन र नीति विषयमा विद्यावारिधि गरेका छन्। उनले लामो समय त्रिभुवन विश्वविद्यालयमा उपप्राध्यापकका रूपमा समेत प्राध्यापन गरेका थिए।

डा. शिवाकोटीका थुप्रै अनुसन्धानमूलक लेख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन्।

यस्तै प्रा.डा अन्जना सिंहले नेपालको विज्ञान, प्रविधि तथा शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएकी छन्।

त्रिभुवन विश्वविद्यालय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा आबद्ध उनले इन्फेक्सियस डिजिजेज एन्ड इन्टरनेसनल हेल्थ, भर्जिनिया विश्वविद्यालय, अमेरिकाबाट पोस्ट डक्टरल गरेकी छन्। यसैगरी उनले सूक्ष्मजीव विज्ञान, जवाहरलाल नेहरु विश्वविद्यालय नयाँ दिल्लीबाट पीएचडी गरेकी छन्।
यस्तै सुक्ष्मजीव विज्ञान, त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी उनले यहीँबाट जीवविज्ञानमा स्नातक पनि गरेकी छन्।