कर्णाली सरकारले भोटेकोसी बाढीपीडितलाई दुई करोड दिने

कर्णाली सरकारले भोटेकोसी बाढीपीडितलाई दुई करोड दिने

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

मंगलबार, भदौ १६, २०८३

सुर्खेत । कर्णाली प्रदेश सरकारले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितलाई राहत, उद्धारका निम्ति प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ ।

मंगलबार (भदौ १६) बसेको कर्णाली मन्त्रिपरिषद्को बैठकबाट यो सहयोग गर्ने निर्णय गरिएको आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाईले जानकारी दिए ।

भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारसँगै क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र विपद् व्यवस्थापनका निम्ति उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको उनले बताए ।

कर्णाली मन्त्रिपरिषद् बैठकबाट सामाजिक विकास मन्त्रालयले तयार गरेको ‘शिक्षा क्षेत्र योजना, २०८३–२०९२’ स्वीकृत समेत गरेको छ ।

कर्णालीको शिक्षा क्षेत्रलाई अब १० वर्ष योजनाबद्ध रूपमा अघि बढाउने उद्देश्यले तयार गरिएको उक्त योजना प्रदेश सरकारबाट स्वीकृत गरिएको हो ।