नेकपाका सांसद र स्वकीय सचिवको १५ दिनको तलब प्रधानमन्त्री राहत कोषमा योगदान

नेकपाका सांसद र स्वकीय सचिवको १५ दिनको तलब प्रधानमन्त्री राहत कोषमा योगदान

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

बुधबार, भदौ १७, २०८३

​काठमाडौं । नेकपाको संसदीय दलले रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आफ्ना सांसद र स्वकीय सचिवहरूको १५ दिनको तलब योगदान गर्ने निर्णय गरेको छ ।

प्रमुख सचेतक युवराज दुलालले संघीय संसद्का महासचिवलाई पत्राचार गर्दै उक्त रकम कट्टा गरी प्रधानमन्त्री राहत कोष’मा जम्मा गरिदिन अनुरोध गरेका छन् ।

​भदौ १० गते भोटेकोसी नदीमा आएको अकल्पनीय बाढीका कारण ठूलो जनधनको क्षति भएको भन्दै पार्टीले दुःख व्यक्त गरेको छ ।