सरकारले दिने राहत नपाएको रसुवा बाढीपीडितको गुनासो

सरकारले दिने राहत नपाएको रसुवा बाढीपीडितको गुनासो

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

बुधबार, भदौ १७, २०८३

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरू केही काठमाडौंका होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेका छन् । होल्डिङ सेन्टरमा आफूहरूले सरकारले दिने राहत पाउन नसकेको गुनासो गरेका छन् ।

भदौ १० मा आएको बाढीपछि प्रभावितहरूलाई विभिन्न संघसंस्था र स्वयंसेवकले राहत जुटाइदिएका छन् । स्थानीयस्तरमा रसुवा समाजले दातृनिकायसँग समन्वय गरी बाढी प्रभावितका लागि बास र लत्ताकपडाको व्यवस्थापन गर्दै आएको छ ।

काठमाडौंको स्वयम्भूस्थित एल्लो गुम्बामा भेटिएका रसुवा समाज समितिका सल्लाहकार दोर्जे लामाले सरकारले हालसम्म कुनै पनि राहत उपलब्ध नगराएको बताए ।

उनले भने, “सरकारले अहिलेसम्म कुनै राहत वितरण गरेको छैन । अहिलेसम्म हाम्रो आफ्नै पहलबाट राहत जुटिरहेको छ । सरकारबाट केही पनि आएको छैन ।”

रसुवा समाजले यसअघि २०७२ सालको भूकम्पबाट प्रभावितलाई पनि एल्लो गुम्बामै राखेर व्यवस्थापन गरेको थियो ।

उक्त गुम्बामा राहत तथा व्यवस्थापनका लागि खटिएका अधिकांश स्वयंसेवक समेत बाढी प्रभावित नै रहेका छन् ।