काठमाडौं कोटेश्वर ब्युरो टोलीले धनुषामा समात्यो लागुऔषध ‘कारोबारी’

काठमाडौं कोटेश्वर ब्युरो टोलीले धनुषामा समात्यो लागुऔषध ‘कारोबारी’

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

२२ भदौ , २०८३

काठमाडौं । लागुऔषध कारोबारीको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाली र भारतीय नागरिक छन् ।

सोमबार (भदौ २२) बिहान धनुषाको जनकपुरधामबाट लागुऔषध खेरो हेरोइन करिब २०० ग्रामसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौंको कोटेश्वरस्थित लागुऔषध नियन्त्रण ब्युरोको एक टोली उनीहरूलाई पक्राउ गर्न धनुषा पुगेको थियो । भारतबाट ठूलो मात्रामा लागुऔषध नेपाल ल्याइँदै गरेको सूचनाका आधारमा टोली त्यहाँ पुगेको ब्युरो स्रोतले जनाएको छ ।

टोली विशेष तयारीसहित धनुषा पुगे पनि पक्राउ परेका दुई व्यक्तिका साथबाट ठूलो परिमाणको खैरो हेरोइन बरामद भएन ।

पक्राउ परेकाको पहिचान प्रहरीले सार्वजनिक गरिसकेको छैन । उनीहरू लागुऔषध कारोबारी भएको ब्युरो स्रोतले जनाएको छ ।