रवि लामिछाने र अमेरिकी विदेशमन्त्री रूबिओको टेलिफोन कुराकानी

रवि लामिछाने र अमेरिकी विदेशमन्त्री रूबिओको टेलिफोन कुराकानी

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं, भदौ २२

काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र अमेरिकी विदेशमन्त्री मार्को रूबिओबीच टेलिफोन कुराकानी भएको छ।

सोमबार उनीहरूबीच कुराकानी भएको लामिछानेको सचिवालयले जनाएको छ।

कुराकानीका क्रममा रुबिओले भोटेकोशी बाढीका कारण ज्यान गुमाएकाहरुलाई श्रद्धाञ्जली व्यक्त गर्दै सरकार र नेपाली जनताको साथमा रहेको बताएका थिए।

लामिछानेले कुराकानीका क्रममा सरकारले सम्भव भएसम्म सबै शक्ति उद्दार र राहत वितरणमा लगाएको बताएका थिए।

कुराकानीका क्रममा लामिछानेले नेपाल भ्रमण गर्ने कुनै पनि देशका नागरिकको सुरक्षाका लागि मुलुक प्रतिबद्ध रहेको पनि बताएका थिए।

लामिछानेले नेपाललाई अफ्ठ्यारो समयमा सहयोगका लागि रुबिओलाई धन्यवाद दिएका थिए।

रुबिओले नेपाललाई थप सहयोग गर्न अमेरिका तयार रहेको पनि बताएका थिए।