भोटेकोसी हिमबाढीमा परी मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

भोटेकोसी हिमबाढीमा परी मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोमबार, भदौ २२, २०८३

काठमाडौं । भोटेकोसी नदीमा आएको हिमबाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३५५ पुगेको छ ।

रसुवामा १६९, तनहुँमा ३८, नुवाकोटमा १९७, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा २२२, धादिङमा ७०, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा २२१, गोरखामा ७५ र चितवनमा ३६३ जनाको शव तथा मानव अंग भेटिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

सोमबार (भदौ २२) बिहान ११ बजेसम्मको विवरणानुसार बाढी प्रभावित क्षेत्रबाट चार हजार ९९६ जना सम्पर्कविहीन छन् ।

जिल्ला प्रशासन कार्यालय रसुवाले एक हजार ९६७ जना सम्पर्कविहीन रहेका जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले दुई हजार ३४० जना सम्पर्कविहीन रहेका जानकारी दिएको प्राधिकरणले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रबाट ५८९ जना विदेशी नागरिक सम्पर्कविहीन छन् ।

बाढी प्रभावित क्षेत्रमा हालसम्म ६ हजार ६७२ जना घाइतेको उपचार गरिएको छ । बाढी प्रभावित क्षेत्रबाट १३ हजार ३९६ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा २१ हजार ४०२ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । विभिन्न जिल्लाका ३९ होल्डिङ सेन्टरमा तीन हजार ५३३ जना रहेका प्राधिकरणले जनाएको छ ।