जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको देखिन्छः नेपाली सेना

जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको देखिन्छः नेपाली सेना

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

२२ भदौ,२०८३

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सेनाका सहायक रथी सुवाशजंग थापाले रसुवा बाढीमा विभिन्न जलविद्युत आयोजनाको सुरुङभित्र १२१ जनामात्रै फसेको अनुमान नेपाली सेनाले गरेको बताएका हुन्।

‘१२१ जनामात्रै टनेलभित्र पसेको तथ्य देखिन्छ,’ उनले भने, ‘जबसम्म सबै टनेल ब्रेकथ्रु हुँदैन त्यसबेलासम्म हामी खोजी तथा उद्धारको काम जारी राखिरहन्छौं ।’ उनले जलविद्युतका अन्य व्यक्तिहरू बाहिरी भागमा परेको पनि अनुमान रहेको बताए।

सहायक रथी थापाले जलविद्युत आयोजनाको टनेलमा भएको क्षतिलाई आंकलन गर्दा बाढी तथा लेदो करिब १८० किमी प्रतिघण्टाको गतिमा खसेको अनुमान गरिएको बताए।