अवकाशमा जाँदै सशस्त्र प्रहरीका एआईजी दाहाल

अवकाशमा जाँदै सशस्त्र प्रहरीका एआईजी दाहाल

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

आइतबार, असोज १८, २०८३

१० दिनपछि अवकाशमा जाँदै सशस्त्र प्रहरीका एआईजी दाहाल
काठमाडौं । सशस्त्र प्रहरी बलका एक अतिरिक्त महानिरीक्षक (एआईजी) वंसी दाहाल अवकाशमा जाने भएका छन् ।

सशस्त्र प्रहरी बलको नियमावलीअनुसार एआईजीको पदावधि चार वर्ष राखिएको छ । सोही चारवर्षे पदावधिका कारण एआईजी दाहाल अवकाशमा जान लागेका हुन् ।

२०७९ असोज २८ गते दाहाल सशस्त्र प्रहरी बलको डीआईजीबाट एआईजीमा बढुवा भएका थिए ।

यही असोज २८ मा उनको एआईजीको पदावधि चारवर्ष पूरा हुँदै छ । दाहालसहित सशस्त्र प्रहरी बलमा तीनजना एआईजी कार्यरत छन् ।

दाहाल सीमा सुरक्षा विभाग प्रमुख हुन् । अन्य दुई एआईजीमा गणेश बाठामगर र अञ्जनीकुमार पोखरेल छन् ।

मगर कार्यविभाग प्रमुख र पोखरेल मानवस्रोत विभाग प्रमुख छन् । अवकाशको मुखमा पुगेका दाहाल सशस्त्र प्रहरी बलका प्रमुख आईजीपी दाहालकै ‘ब्याचम्याट’ हुन् ।