जिब्रो छेड्ने जात्रा बोडे, मध्यपुरथिमी

जिब्रो छेड्ने जात्रा बोडे, मध्यपुरथिमी

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मंगलबार, वैशाख २, २०८२

भक्तपुर । बिस्केट जात्रा भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइन्छ । तौमढीस्थित पाँचतले मन्दिर परिसरबाट भैरव र भद्रकालीको रथ तानेर सुरु गरिने यो जात्रा यक्ष मल्लको पालादेखि चलेको बताइन्छ ।

यसैगरी जिब्रो छेड्ने जात्रा मध्यपुरथिमीको बोडेमा विशेष हर्षोल्लासका साथ मनाइन्छ ।

जिब्रो छेड्ने जात्रा, बिस्केट जात्राकै एक अभिन्न अंग हो । प्रत्येक वर्ष चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार ब्रत बसेर जिब्रो छेडी महादीप बोकी टोल टोल घुम्ने चलन छ।