बुधबार, वैशाख ३, २०८२
काठमाडौं । बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले शिक्षकहरूलाई आन्दोलनका कार्यक्रम रोकेर आ–आफ्नो काममा फर्कन आह्वान गरेका छन् ।
महासंघले उठाएका मागका सम्बन्धमा सरकार संवेदनशील रहेको र यथोचित सम्बोधन हुने भन्दै उनले आन्दोलनका कार्यक्रम रोकेर आ–आफ्नो काममा फर्कन शिक्षकहरूलाई आह्वान गरिएको जानकारी दिए । संसद्मा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक छिटो पारित गर्न सरकारका तर्फबाट आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय भएको उनले बताए ।
प्रवक्ता गुरुङले शिक्षकहरूको मागप्रति सरकार गम्भीर रहेकाले शिक्षकहरूले पनि अब आफ्ना अडान छाड्नुपर्ने जिकिर गरे । उनले अहिलेको आर्थिक अवस्थालाई हेरेर शिक्षकलगायत निजामतीको सेवा सुविधा वृद्धि गर्नेबारे पनि अध्ययन भइरहेको बताए । शिक्षकहरूको मागअनुसार विद्यालय शिक्षा ऐनलाई सदनबाट फास्ट ट्रयाकबाट पारित गर्नका लागि अन्य राजनीतिक दलसँग छलफल गरेर अघि बढ्ने उनले बताए ।
प्रतिक्रिया