शुक्रबार, वैशाख ५, २०८२
काठमाडौं । आन्दोलनरत शिक्षकहरूसँग वार्ताका लागि शुक्रबार साँझ ७ बजेको समय दिएपछि शिक्षक महासंघका पदाधिकारीहरु आफ्नो मागको विषयमा समझदारी जुटाएर वार्तामा जाने तयारीको छलफलमा छन् ।
आज आन्दोलन थालेको १५ दिनपछि प्रधानमन्त्रीले शिक्षकहरूलाई वार्तामा बोलाएका हुन् ।
नेपाल शिक्षक संघ वाग्मती प्रदेश अध्यक्ष दीपक सिंखडाका अनुसार, महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीको नेतृत्वको टोलीले प्रधानमन्त्रीसँग छलफल गर्नेछ ।
प्रतिक्रिया