कक्षा १२ को परीक्षा स्थगित नभएको : राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुर 

कक्षा १२ को परीक्षा स्थगित नभएको : राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुर 

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

शुक्रबार, वैशाख ५, २०८२

काठमाडौं । यही वैशाख ११ गतेबाट सञ्चालन हुने गरी तय भएको कक्षा १२ को वार्षिक परीक्षा स्थगित नभएको राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरले जानकारी दिएको छ । बोर्डको आधिकारिक वेबसाइटबाहेक अन्यत्रको समाचार तथा सूचनामा विश्वास नगर्न अनुरोध गरेको छ ।

विद्यार्थीवर्गमा भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित गरिएको भ्रामक सूचना विभिन्न सामाजिक सञ्जालमा सम्प्रेषण गरिएकोप्रति बोर्डले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

परीक्षासम्बन्धी आधिकारिक सूचना बोर्डले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको र आगामी दिनमा समेत सो मार्फत सूचना प्रवाह गरिने जनाएको छ । अन्य स्रोतबाट प्रवाह हुने सूचनामा भर नपर्न बोडैले सरोकारवाला सबैमा अनुरोध गरेको छ ।

“परीक्षाजस्तो संवेदनशील विषयमा बोर्डको लेटरप्याडमा अध्यक्षको ‘स्क्यान्ड’ हस्ताक्षर राखी अनधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्नेउपर साइबर कानुनअनुसार आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको छ,” जारी सूचनामा भनिएको छ, “बोर्डको आधिकारिक वेबसाइटबाहेक अन्यत्रको समाचार तथा सूचनामा विश्वास नगरी परीक्षाको तयारीलाई धैर्यतापूर्वक निरन्तरता दिनहुन सम्पूर्ण विद्यार्थीहरूमा अनुरोध छ ।”