सोमबार, वैशाख ८, २०८२
काठमाडौं । दुवै प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा निमित्त उपकुलपति नियुक्त गरेका छन् ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा।डा। सञ्जीवकुमार शर्मा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सह–प्राध्यापक डा.डबलबहादुर धामीले निमित्त उपकुलपतिको जिम्मेवारी पाएका हुन् । उनीहरू दुवैजना तत्–तत् प्रतिष्ठानका शिक्षाध्यक्ष (रेक्टर)हुन् ।
दुवै प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त उपकुलपति पदमा शर्मा र धामीलाई नियुक्त गरेका हुन् । निमित्त उपकुलपतिलाई शैक्षिक, प्रशासनिक र आर्थिक कार्य सूचारु गर्ने अधिकारसहित जिम्मेवारी दिइएको हो ।
नयाँ उपकुलपति सिफारिस भई नियुक्ति नभएसम्मका लागि उनीहरूलाई निमित्त उपकुलपतिको जिम्मेवारी तोकिएको हो ।
यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. मंगल रावल उपकुलपति थिए । उनको पदावधि गत चैत २१ गते सकिएको थियो । त्यस्तै, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा। ज्ञानेन्द्र गिरीको कार्यकाल गत चैत २६ गते समाप्त भएको थियो ।
प्रतिक्रिया