भाइरल भिडियोका कुटपिट गर्ने चार ट्राफिक प्रहरी कारबाहीमा

भाइरल भिडियोका कुटपिट गर्ने चार ट्राफिक प्रहरी कारबाहीमा

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

बिहीबार, वैशाख ११, २०८२

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले भाइरल भिडियोको आधारमा सर्वसाधारण व्यक्तिलाई कुटपिट गर्ने चारजना ट्राफिक प्रहरीलाई कारबाही गरेको छ ।

०८१ मंसिर २३ गते सुन्धाराको आकासे पुलमुनि जनसेवाबाट खटिएका ट्राफिकले सर्वसाधारण व्यक्तिलाई कुटपिट गरेका थिए ।

कुटपिटको उक्त भिडियो भाइरल भएपछि ट्राफिक प्रहरी कार्यालयको ध्यानाकर्षण भएको हो । कुटपिटमा संलग्न चारजना ट्राफिक प्रहरीलाई जनसेवाको जिम्मेवारीबाट हटाइएको ट्राफिक प्रहरीका प्रवक्ता दीपक गिरीले जानकारी दिए ।

विज्ञप्तिमा भनिएको छ, “प्रारम्भिक अनुसन्धान अनुसार उक्त घटना मिति २०८१ मंसिर २३ गते सुन्धारा आकासे पुलमुनिको भएको र उक्त कार्यमा संलग्न देखिएका चारजना ट्राफिक प्रहरीहरूलाई ट्राफिक प्रहरी वृत्त, जनसेवाको जिम्मेवारीबाट हटाई यस काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा झिकाई आवश्यक छानबिन तथा अनुसन्धान भइरहेको व्यहोरा जानकारी गराइन्छ ।”