बिहीबार, वैशाख ११, २०८२
काठमाडौं । सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले आन्दोलनरत शिक्षकहरूको जायज र संविधानसम्मत माग तत्काल सम्बोधन गर्न र तीन दिनभित्र विद्यालय फर्काउने वातावरण सिर्जना गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आदेश दिएको छ।
जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहृले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले ३ दिन भित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्कि नियमित पठन पाठन गर्ने वातावरण सुनिश्चित गर्नू,’ आदेशमा भनिएको छ ।
शिक्षकहरू गत चैत २० गतेबाट काठमाडौं केन्द्रीत आन्दोलनमा छन् । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित उनीहरूले प्रदर्शन गरिरहेका हुन् ।
साथै अदालतले आजको मितिबाट चौथो दिनमा यसबारे भएको आदेश कार्यान्वयनका सम्बन्धमा भएको प्रगति शिक्षा मन्त्रालयबाट उपलब्ध गराउन समेत आदेश दिएको छ।
प्रतिक्रिया