शुक्रबार, वैशाख १२, २०८२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बजेट अधिवेशनको पहिलो दिन प्रतिनिधिसभा बैठकमा समसामयिक विषयमा सम्बोधन गर्न लागेका हुन् । दिउँसो १ बजेका लागि संसद् बैठक बोलाइएको छ ।
सो बैठकमा अधिवेशन सुरु भएको अवसरमा दलीय आधारमा सदस्यहरूले आ–आफ्नो मन्तव्य राख्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
बजेट अधिवेशनमा शिक्षा र निजामती विधेयक पनि अघि बढाइने तयारी रहेको नेताहरूले बताएका छन् । पहिलो दिन (आज)को सम्भावित कार्यसूचीमा भने शिक्षा र निजामती विधेयक बैठकमा प्रस्तुत गर्ने कार्यक्रम समावेश छैन ।
प्रतिक्रिया