शिक्षक आन्दोलनलाई कमजोर नबनाउने र मागबाट पछि नहट्ने महासंघले अपिल गरेको छ

शिक्षक आन्दोलनलाई कमजोर नबनाउने र मागबाट पछि नहट्ने महासंघले अपिल गरेको छ

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुधबार, वैशाख १७, २०८२
काठमाडौं । नेपाल शिक्षक महासंघको बुधबार बिहान मध्यबानेश्वरस्थित रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालयमा बसेको महासंघको बैठकले आन्दोलनलाई कमजोर नबनाउने र मागबाट पछि नहट्ने अपिल गरेको छ ।

बैठकपछि महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले भन्नुभयो, “यो आन्दोलन कमजोर भयो भने वार्तामा हामीलाई कमजोर बनाउन सक्छन् । त्यसैले आन्दोलनमा सबै सहभागी हुनुहोला।”

शिक्षकहरूले गत चैत २० गतेदेखि काठमाडौंको माइतीघर–बानेश्वरकेन्द्रित सडक आन्दोलन गरिरहेका छन् । आफूहरूसँग विगतमा भएका सहमतिलाई समेटेर शिक्षा ऐन जारी गर्नुपर्ने उनीहरूको माग छ । सरकारसँग पटकपटक वार्ता भए पनि सहमति हुन सकेको छैन ।