रेशम चौधरीलाई पक्राउ गराउन पत्र लेख्ने महिमानसिंहलाई हिरासतमा राख्ने

रेशम चौधरीलाई पक्राउ गराउन पत्र लेख्ने महिमानसिंहलाई हिरासतमा राख्ने

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

शनिबार ,२० बैशाख २०८२

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गराउन सर्वोच्च अदालतबाट अनधिकृत पत्र लेख्ने शाखा अधिकृत महिमानसिंह विष्टलाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

शुक्रबार जिल्ला अदालत काठमाडौंले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिएका छन् ।

विष्‍टले आफूले अनधिकृत पत्र लेखेको कुरा प्रहरीसँग स्वीकार गरेका छन् । यद्यपि उनीमाथि अनुसन्धान गरी प्रहरीले सरकारी वकिलको कार्यालयमा उपस्थित गराइ बयान लिनेछ ।

उनले चौधरीलाई पक्राउ गर्ने पत्र लेखेपछि सर्वोच्च अदालतले नै उनको पत्र अनधिकृत रहेको भन्दै प्रहरीलाई र डिल्लीबजार कारागार कार्यालयलाई पत्राचार गरेको थियो ।