आज सिंहदरबारमा राज्यमन्त्रीको शपथ ग्रहण

आज सिंहदरबारमा राज्यमन्त्रीको शपथ ग्रहण

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

आइतबार, वैशाख २१, २०८२

काठमाडौं ।गत बुधबार राज्यमन्त्रीमा नियुक्त भएका खमबहादुर गर्बुजाको शपथ ग्रहण आज बिहान ११ः३० बजे सिंहदरबारमा हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपालको संविधानको धारा ७६ को उपधारा (९०) बमोजिम प्रधानमन्त्रीको सिफासिमा राष्ट्रपतिले गर्बुजालाई बुधबार राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।

गर्बुजालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

गर्बुजा म्याग्दी कांग्रेसका सभापति हुन् । प्रतिनिधिसभा निर्वाचनमा उनले प्रतिद्वन्द्वी नेकपा ९एमाले०का हरिकृष्ण श्रेष्ठलाइ हराउँदै निर्वाचित भएका थिए ।

यसअघिका ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका थिए ।