रुपन्देहीमा “आफ्ना सन्तति आफ्नै विद्यालय “काे नारा लिएर शिक्षकहरु अघि बढेका छन्

रुपन्देहीमा “आफ्ना सन्तति आफ्नै विद्यालय “काे नारा लिएर शिक्षकहरु अघि बढेका छन्

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आइतबार २१ बैशाख २०८२

रुपन्देही । रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वार्ड नं १९ स्थित श्री अमर माध्यमिक विद्यालयमा अध्यापनरत सम्पूर्ण शिक्षक कर्मचारीका सन्तति सोही विद्यालयमा भर्ना गरी आफू अध्यापनरत विद्यालयमा गुणस्तरीय शिक्षाको प्रत्याभूति रहेको र आफूले अध्यापन गर्ने विद्यालय र विषयप्रति आफ्नो विश्वास रहेको नमुना प्रस्तुत गरेका छन्। सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकले आफ्नो विद्यालय र आफूप्रति विश्वास नभएर आफ्ना सन्तान निजी विद्यालयमा पढाउने गरेका छन् भन्ने आरोपलाई मिथ्या साबित गर्न सम्भवत रुपन्देही जिल्लामै प्रथमपटक अमर माध्यमिक विद्यालयका सम्पूर्ण शिक्षक कर्मचारीहरुले स्वस्फुर्त रुपमा आफ्ना सन्तति आफ्नै विद्यालय भन्ने नारा दिएर सम्पूर्ण आफ्ना आफ्ना सन्तानलाई सोही विद्यालयमा भर्ना गरी अध्ययन गर्ने वातावरण सिर्जना गरेका हुन्।

यस विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा ८ सम्म पूर्णतया अंग्रेजी माध्यममा पढाइ हुने गरेको साथै कक्षा ४ देखि १० सम्म कम्प्युटर शिक्षामा पढाइ हुने , प्रविधिको प्रयोग गरी शिक्षा प्रदान गरी गर्ने गरिएको सुविधा सम्पन्न कम्प्युटर ल्याब तथा विज्ञान प्रयोगशाला रहेको सो विद्यालयका प्रधानाध्यापक देवराज पौडेलले बताउनुभयो। शैक्षिक सत्र २०८२ को भर्ना अभियानमा झन्डै ९० जना विद्यार्थी संस्थागत विद्यालयबाट यस विद्यालयमा भर्ना हुन आएको समेत उहाँले बताउनुभएको छ। हाल कक्षा ८ सम्म रहेको अंग्रेजी माध्यमलाई कर्मश कक्षा १० सम्म पुर्याउने साथै अभिभावकको मन जिती यस टोल विकास अन्तर्गतका सम्पूर्ण विद्यालय उमेरका विद्यार्थीहरूलाई यसै विद्यालयमा भर्ना गर्ने अभियान चलाइएको समेत उहाँले बताउनुभयो।