सोमबार, वैशाख २२, २०८२
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाल सुनको मूल्य तोलाको एक लाख ८४ हजार ६०० रुपैयाँ कायम छ ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख ८४ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ९१० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । आइतबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।
प्रतिक्रिया