केआइआइटी मा मृत भेटिएकी नेपाली विद्यार्थी प्रिशा साहको घटनाबारे छानबिन गर्न सभामुखले सरकारलाई निर्देशन गरे

केआइआइटी मा मृत भेटिएकी नेपाली विद्यार्थी प्रिशा साहको घटनाबारे छानबिन गर्न सभामुखले सरकारलाई निर्देशन गरे

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोमबार, वैशाख २२, २०८२
काठमाडौं । भारतको उडिसास्थित कलिंगा इन्स्चिट्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा मृत भेटिएकी नेपाली विद्यार्थी प्रिशा साहको घटनाबारे छानबिन गर्न सभामुख देवराज घिमिरेले रूलिङ गरेका छन्।

सभामुख घिमिरेले सोमबार प्रतिनिधि सभाको बैठकमा घटनाबारे सत्यतथ्य पत्ता लगाउन सरकारलाई निर्देशन गरेका हुन्।

‘नेपाली विद्यार्थी प्रिशा साहको बारेमा माननीय सदस्यहरूले आकस्मिक समयमा उठाउनुभएको विषयमा सदनको गम्भीर ध्यानआकर्षण भएको छ। उज्यालो भविष्यका सपना बोकेर अध्ययनका लागि विदेशिएका विद्यार्थीहरूको एक पछि अर्को मृत्युको घटना राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएकाले एउटा गम्भीर प्रश्न पनि हो। सरकारलाई यस घटनाप्रति गहिरो चासो लिँदै सत्यतथ्य पत्ता लगाउन सम्बन्धित पक्षसँग संवाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न म निर्देश गर्दछु,’ सभामुख घिमिरेले भने।

साथै नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चितता गर्न पनि उनले निर्देशन दिएका छन्।

पर्साको वीरगञ्ज निवासी प्रिशा गत बिहीबार राति आफ्नै होस्टल कोठामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।