मंगलबार २३,बैशाख ,२०८२
काठमाडौं । इन्डियन आइडल सिजन १२ का बिजेता पवनदीप राजनको भयानक कार दुर्घटना भएको छ ।
रिपोर्टका अनुसार पवनदीप चम्पावतबाट दिल्ली आउँदै थिए । गजरौलाको राजमार्गमा रहेको सीओ कार्यालय अगाडिको कटमा उभिएको क्यान्टरमा पछाडिबाट कार ठोक्कियो ।
यस दुर्घटनामा पवनदीपको दुवै हात र खुट्टा भाँचिएको छ । अस्पताल भित्रबाट सामाजिक सञ्जालमा एउटा तस्बिर पनि आएको छ । समाचारका अनुसार यस कारमा राजनसँगै उनका दुई साथी पनि रहेका उनीहरुलाई धेरै चोट लागेको बताईएको छ ।
प्रतिक्रिया