बिहीबार २५,बैशाख २०८२
भक्तपुर । विशेष अभियान अन्तर्गत ट्राफिक प्रहरी परिसर भक्तपुरले प्रेसर हर्न बजाउने सवारी साधनलाई कारबाही गर्न थालेको छ।
उक्त अभियान कै क्रममा दिनमा १ सय १६ वटा सवारी साधनका चालकलाई कारवाही गरी जरिवाना गराएको भक्तपुर ट्राफिक प्रहरी प्रमुख प्रदिप खत्रीले वताउनुभयो ।
भक्तपुर नलिन्चोक अरनिको राजमार्गमा आज पनि प्रेसर हर्न बजाउने केही सवारीसाधन कारवाहीमा परेका छन्। उक्त सवारी साधनमा रहेका प्रेसर हर्न निकालेर प्रहरीले जफत गरेको छ ।
२०७४ वैशाख १ गतेबाट उपत्यका भित्र हर्न निषेधित क्षेत्र उपत्यका ट्राफिक कार्यलयले घोषणा गरेको थियो ।
प्रतिक्रिया