अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच सम्भावित युद्ध रोक्न मध्यस्थता गर्न तयार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच सम्भावित युद्ध रोक्न मध्यस्थता गर्न तयार

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिहीबार २५ बैशाख,२०८२

काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच सम्भावित युद्ध रोक्न मध्यस्थता गर्न तयार रहेको बताएका छन् ।

जम्मू–कश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणको जबाफमा भारतले बुधबार बिहानै पाकिस्तानमाथि हवाई आक्रमण गरेको थियो । पहलगामको पर्यटकीय क्षेत्रमा अप्रिल २२ को दिन आतंककारी हमला हुँदा नेपालका सुदीप न्यौपानेसहित २६ जनाको ज्यान गएको थियो ।

भारतले पाकिस्तान-नियन्त्रित कश्मिरका पाँच र पाकिस्तानका चार स्थानमा आक्रमण गरेर त्यसको जबाफ दिएको बताइएको थियो । भारतीय आक्रमणका कारण महिला र बालबालिकासहित ३१ जनाको मृत्यु भएको र ५७ जना घाइते भएको पाकिस्तानले जनाएको छ ।
उता भारतले पनि कश्मिरमा पाकिस्तानले गरेको जवाफी गोलाबारीमा १३ सर्बसाधारणको मृत्यु भएको र ५० भन्दा बढी घाइते भएको बताएको छ ।

यो घटनाले आणविक हतियार भएका दुई छिमेकी राष्ट्रबीच ‘पूर्ण’ युद्ध हुने खतरा बढाएको छ । यस्तोमा ट्रम्पले आफ्नो दुवै पक्षसँग राम्रो सम्बन्ध भएको हुँदा भारत र पाकिस्तानबीच युद्ध रोक्न मध्यस्थता गर्ने बताएका हुन् ।