भारत – पाकिस्तान तनाव बढ्दै गएपछि नेपालले भारतसँग सीमा जोडिएका क्षेत्रमा सुरक्षा उच्च सतर्कता

भारत – पाकिस्तान तनाव बढ्दै गएपछि नेपालले भारतसँग सीमा जोडिएका क्षेत्रमा सुरक्षा उच्च सतर्कता

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिहीबार २५ बैशाख ,२०८२

बाँके । प्रहरीले बाँकेस्थित जमुनाह नाकाबाट नेपाल प्रवेश गर्ने सबै व्यक्तिहरूको परिचय खुल्ने कागजात हेर्न थालेको छ । भारत – पाकिस्तान तनाव बढ्दै गएपछि नेपालले भारतसँग सीमा जोडिएका क्षेत्रमा सुरक्षा उच्च सतर्कता अपनाउन थालेको हो ।

यसअघि भारत जाँदा रुपैडिहामा भारतीय प्रहरीले कागजात हेर्ने गरेको थियो भने जमुनाह नाकाबाट नेपाल आउँदा निर्बाध रुपमा आवतजावत हुने गरेको थियो । अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरीले सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाएका छन् ।