वैशाख २५, २०८२
कास्की । नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले फेवातालमा हावाहुरीका कारण बोट पल्टिँदा तालमा फसेका ७ जनाको सकुशल उद्वार गरेको हो ।
स्टयान्डिङ डबल प्याडल बोट बोटिङ गरिरहेको अवस्थामा एक्कासि हावाहुरी आएको थियोे । उक्त हुरीको कारण बोट तालको बीच भागमा पल्टिँदा ७ जना फसेका थिए ।
सशस्त्र प्रहरी बल नेपाल नंं,२४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु टावरमा गोताखोरसहितको सुरक्षा फौज
उद्वारका लागि खटिएको थियो ।
६ जनाको अवस्था भने सामान्य रहेको र एक जनालाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताउनु भएको छ ।
प्रतिक्रिया