शनिबार, वैशाख २७, २०८२
काठमाडौं । युद्धविराम भएपछि भारत र पाकिस्तान दुवै देशले आफ्नो देशभित्र लगाएका विभिन्न प्रतिबन्धहरू फुकुवा गरेको छ भने केही प्रतिबन्धहरू भने तत्काल नहट्ने भएको छ।
भारतले विभिन्न क्षेत्रमा लगाइएको ब्ल्याकआउट स्थगित गरेको छ। पाकिस्तानले बन्द गरेको आफ्नो हवाइ क्षेत्रहरू सबै प्रकारका जहाजका लागि खुला गरिसकेको छ।
सीमा क्षेत्रमा मानिसहरू खुशीयाली मनाउँदै आफ्नो नियमित काममा फर्किकेका छन्। पसलहरू खुल्न थालिसकेका छन्।
भारतले आगामी पाँच दिनसम्म बन्द गरेको विमानस्थलहरू सञ्चालन प्रक्रियामा छन्।
युद्धविराम भएपछि दुवै देशका नागरिकहरुले खुशीयाली मनाएको भनेर अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले लेखका छन्।
पहलगाममा २२ अप्रिलमा भएको आतंकवादी हमलामा पाकिस्तानको हात रहेको दाबी गरेर भारतले पाकिस्तानमाथि विभिन्न प्रतिबन्ध लगाएको थियो।
तीमध्ये केही प्रतिबन्धहरू भने तत्काल नहट्ने भएको छ।
भारतले पाकिस्तानी नागरिकहरूलाई लगाएको भिसा प्रतिबन्ध ,सिन्धु जल सम्झौताको निलम्बन पनि कायमै रहने हिन्दुस्तान टाइम्सले जनाएको छ।
प्रतिक्रिया