बुधबार ३१बैशाख २०८२
काठमाडौँ । काठमाडौँको मखनटोलमा भएको आगलागीमा एक जना महिलाको मृत्यु भएको छ।
आगलागीमा परी मृत्यु भएकी महिलाको सनाखत हुन बाँकी रहेको काठमाडौँ प्रहरी प्रवक्ता अपिलराज बोहराले बताए।
काठमाडौँ उपत्यकाका ६ वटा दमकलको सहयोगमा ६ घण्टामा आगो नियन्त्रणमा लिइएको उनको भनाइ छ।
सुरज आर्केड पछाडि रहेको दयाराम श्रेष्ठको ४ तले माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्याँस लिक भई आगलागी सुरु भएको थियो।
यसपछि रुकेश श्रेष्ठको ५ तले पक्की घरमा सल्किएको थियो। आगोबाट यी दुई घरमा क्षति भएको छ।
जुद्ध बारुद २, नेपाल आर्मी, ललितपुर महानगरपालिका, रामहिटी, र बालाजु औद्योगिक क्षेत्रको गरी ६ वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको हो।
प्रतिक्रिया