बुधबार, वैशाख ३१, २०८२
काठमाडौं । भारत –पाकिस्तान युद्धमा पाकिस्तानले चीनमा निर्मित मिसाइल प्रयोग गरेको पुष्टि भारतले गरेको छ ।
मार्सल एके भारती भारतीय वायुसेना प्रमुख एयरले चीनमा बनेको पीएल–१५ मिसाइल र टर्कीको बाइकर वाईएचए थ्री कामिकाजे ड्रोनसमेत समावेश रहेका हतियारलाई पाकिस्तानले भारतीय बिरुद्ध प्रयोग गरेको थियो ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा भारतीले उत्तरी भारतको पाकिस्तान सीमानानजिकै पन्जाबको होसियारपुरमा भेटिएको पीएल–१५ मिसाइलको अवशेषतर्फ इंगित गर्दै भने, “यसको टुक्रा तपाईं स्क्रिनमा देख्न सक्नुहुन्छ ।”
पाकिस्तानले फ्रान्समा बनेका तीनवटा राफेल विमानसहित भारतका पाँचवटा लडाकु विमान खसालेको दाबी गरेको छ । फ्रान्सको एक गुप्तचर स्रोतले सीएनएनलाई राफेल जेट दोहोरो आक्रमणको क्रममा झरेको पुष्टि गरेको थियो । तर, भारतले युद्धमा आफ्ना विमानमा क्षति पुगेरनपुगेकोबारेका प्रश्नलाई टार्दै सबै पाइलट सुरक्षित रहेको बताउने गरेको छ ।
चीनको एभिएसन इन्डस्ट्री कर्पोरेसनले विकसित गरेको पीएल–१५ मिसाइलले २०० किलोमिटरभन्दा बढी दुरीमा उच्च मूल्यका हवाई लक्ष्य ९जस्तैः युद्धक विमान, ड्रोन०लाई नष्ट गर्ने क्षमता राख्छ । यो मिसाइल चीनले पाकिस्तानलाई आपूर्ति गरेका आधुनिक हतियारमध्ये एक हो ।
सार्वजनिकरूपमा चीनले अहिलेसम्म दुई दक्षिण एसियाली छिमेकी देशबीचको संकटमा कूटनीतिक गतिविधि अपनाएको छ । यसलाई प्रत्यक्ष वार्तामार्फत पूर्ण युद्धको स्थितिबाट फर्काइएको थियो ।
तर, एक गोप्य सूचनाअनुसार, एक चिनियाँ प्रतिनिधिमण्डलमध्ये रातमा पाकिस्तानको विदेश मन्त्रालय मिसाइल आक्रमणको सफलताको उत्सव मनाउन पुगेको थियो ।
भारतले हालैको संकटमा चीनको नाम लिने निर्णयले नयाँ दिल्लीमा दुई प्रतिस्पर्धी राष्ट्रबीच बढ्दो सैन्य सहकार्यप्रति गहिरिँदो चिन्ताको संकेत गर्छ । पाकिस्तानी र चिनियाँ सेनाले संयुक्त अभ्यास गरिरहेका छन्, साझा हतियार प्रणाली प्रयोग गरिरहेका छन् ।
चीनले आफ्नो गुप्तचर, निगरानी र अन्वेषण क्षमता पनि पाकिस्तानसँग साटासाट गरिरहेको छ । यसका लागि दुवै देशका सैन्य कमान्डमा ९भारतीय सीमाको जिम्मेवारी सम्हाल्ने चेङ्दुस्थित चीनको पश्चिमी थिएटर कमान्ड र केन्द्रीय सैन्य आयोगमा नियुक्त पाकिस्तानी अधिकृतमा० एकअर्काका अधिकृत खटाइएका छन् ।
पहिलोपटक युद्धमा प्रयोग गरिएको पीएल–१५ मिसाइल दुई चरणको मोटरबाट सञ्चालित हुन्छ, जसले यसलाई म्याक ५ भन्दा बढीको हाइपरसोनिक गतिमा पुर्याउँछ ।
“किनभने ती अत्यन्तै गतिवान छन्, तिनीहरूलाई नो स्केप जोन भन्न सक्नुहुन्छ,” मिसाइल प्रविधि अनुसन्धानकर्ता र सेन्टर फर युरोपियन पोलिसी एनालाइसिसका फेलो फाबियन होफ्मानले भने ।
यो पुष्टि त्यतिबेलामा आएको हो, जब पाकिस्तानको सेनाले युट्युब भिडियोमार्फत आफ्ना सैन्य हतियार प्रदर्शन गरेको थियो । उक्त भिडियामा चिनियाँ निर्मित जेएफ–१७ ब्लक ३ लडाकु विमान देखाइएको थियो, जुन जे–१०सी भन्दा कम उन्नत मानिन्छ । तर, पीएल–१५ मिसाइलसहित सुसज्जित छ ।
विश्लेषकका अनुसार, तिनैमध्ये कुनै एक मिसाइलले लामो दूरीको स्ट्यान्ड–अफ आक्रमणमा भारतको सीमाभन्दा भित्री भूभागमा रहेको राफेल लडाकु विमानलाई खसालेको हुन सक्छ, जहाँ कुनै पनि पक्षले सीमा पार गरेका थिएनन् ।
भारतको उत्तर पन्जाबस्थित भटिन्डानजिकै राफेल विमानको भग्नावशेष भेटिएको बताइएको छ । चिनियाँ लडाकु विमानले राफेल खसालिएको आशंकाले रक्षा क्षेत्रमा ठूलो तरंग उत्पन्न गराएको छ । र, त्यसको निर्माता चेङ्गदु एयरक्राफ्ट कर्पोरेसनको सेयरमूल्यमा २० प्रतिशतसम्मको वृद्धि आएको छ ।
अहिलेसम्म, चिनियाँ हतियारलाई राफेलजस्ता पश्चिमी प्रणालीसँग प्रत्यक्ष युद्धको मैदानमा परीक्षण गरिएको थिएन ।
भारतीय वायु सेनाले राफेल एफ३आर मोडलका ३६ उन्नत लडाकु विमानको बेडा सञ्चालन गर्छ । चिनियाँ सरकारद्वारा सञ्चालित ग्लोबल टाइम्सका पूर्वसम्पादक हू जिक्सिनले भनेका छन्, “यस युद्धले चीनको सैन्य उत्पादन क्षमताले अब रुस र फ्रान्सलाई पनि पूर्णरूपमा उछिनेको देखायो । अब ताइवान अझ बढी डराउनुपर्ने अवस्था आएको छ ।”
टेलिग्राफ
प्रतिक्रिया