बुधबार ३१ बैशाख ,२०८२
काठमाडौँ ।
पृथ्वी राजमार्गअन्तर्गत कास्कीको पोखरा महानगरपालिका – ३२, लामेआहालमा माइक्रो दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा धादिङ घर भई पोखरा बस्दै आएकी झाङमाया गुरुङको सनाखत भएको र अन्यको नाम खुलिनसकेको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौंबाट धादिङ हुँदै पोखरातर्फ जाँदै गरेको ग१ज ८६३० नम्बरको इलेक्ट्रिक माइक्रो दुर्घटना हुँदा चालकसहित ८ जना घाइते भएका छन् ।
आजै दिउँसो पोखरा महानगरपालिका – २२ स्थित दहरा घुम्तीनजिकै भएको बस दुर्घटनामा २८ जना भारतीय नागरिक घाइते भएका छन् । दुर्घटनामा संलग्न बसमा ३० जना सवार थिए, जसमा चालक र सहचालक बाहेक सबै भारत छत्तिसगढका हुन । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको कास्की प्रहरीले बताएको छ ।
उनीहरू पोखरा–२२ पुम्दीभुम्दीस्थित विशाल महादेवको मूर्ती दर्शन गर्न पुगेको र फर्किने क्रममा दुर्घटनामा परेको हो ।
प्रतिक्रिया