चन्द्रागिरी सतुंगलस्थित राधेराधे मार्केटमा आगलागी

चन्द्रागिरी सतुंगलस्थित राधेराधे मार्केटमा आगलागी

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

१ जेष्ठ २०८२

काठमाडौं । चन्द्रागिरी नगरपालिका-११ सतुंगलस्थित राधेराधे मार्केटमा आगलागी भएको छ।

सो मार्केटको भूईंतलामा रहेको एक गोदामबाट आज बिहान करिब ५ बजे आगलागी सुरु भएको हो।

आगजनीबाट मार्केट भित्र रहेका अधिकांश पसल जलेर नष्ट भएको छ। आगलागीको कारण भने खुल्न बाँकी छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नगर प्रहरी टोली लगायतको सहयोगमा आगोलाई अहिले नियन्त्रणमा लिई सकिएको छ ।