तनहुँको ऋषिङ गाउँपालिका अध्यक्ष विरुद्ध जाहेरी दर्ता

तनहुँको ऋषिङ गाउँपालिका अध्यक्ष विरुद्ध जाहेरी दर्ता

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिहीबार ,१ जेठ २०८२
दमौली । तनहुँको ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठविरुद्ध ५७ वर्षीय प्रभात आलेलाई कुटपिट गरेको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको छ ।

अध्यक्ष श्रेष्ठले भीमादको मालेबजारमा आले परिवारसँग जग्गाको विषयमा ७र८ वर्षदेखि विवाद छ । श्रेष्ठले सहमति गर्न बोलाएर आफूलाई एक्कासी कुटपिट गरेर ज्यान मार्न खोजेको भन्दै आलेले प्रहरीमा उजुरी दिएका छन् ।

इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख इन्सपेक्टर पोषण थापाले गाउँपालिका अध्यक्ष श्रेष्ठविरुद्ध जाहेरी दर्ता भएको पुष्टि गरे ।

जाहेरी दर्ता भएको छ । सुरूको ठाडो उजुरीमा कुटपिट भएकाले क्षतिपूर्ति भराइ पाउँ भन्ने थियो । पछि ज्यान मार्ने उद्योगमा हुलाकमार्फत जाहेरी प्राप्त भयो र दर्ता भयो,’ इन्स्पेक्टर थापाले भने ।

त्यसबारे अध्ययन भइरहेको उनले जानकारी दिए । ‘घाउको परीक्षण, घटनाको प्रकृतिबारे अनुसन्धान भइरहेको छ,’ इन्सपेक्टर थापाले भने, ‘यो मुद्दालाई कसरी अगाडि बढाउने भनेर हिजोमात्र पनि सरकारी वकिलको कार्यालयमा छलफल भएको छ । अनुसन्धान जारी छ ।’